अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएको औपचारिक घोषणा


एजेन्सी ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएको घोषणा गरिएको छ । अमेरिकी संसदले राष्ट्रपतिमा बाइडेनको विजयी भएको बताउँदै औपचारिकता घोषणा गरेको हो । बिहिबार बिहान ट्रम्प समूहले गरेको हिंसात्मक आक्रमणका कारण इलेक्टोलर कलेज मत केही समयका लागि रोकिएको थियो ।

सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको हो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् ।

यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ । सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो ।