दुवै समूहसँग असन्तुष्ट वामदेवले भने ‘ प्रधानमन्त्रीको ठाउँमा म भएको भए राजीनामा दिन्थें’

0
Shares

काठमाडौँ ।

राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री ओलीको ठाउँमा आफू भएको अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै पदबाट राजीनामा दिने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘म भएको भए अविश्वास प्रस्ताव दर्ता गर्ने थाहा पाएपछि त्यसअघि नै राजीनामा दिन्थें। मैले मेहनत गरेको पार्टी जोगिन्थ्यो। पार्टी र सरकारको सम्बन्ध मिलाउने र आगामी दिनमा अघि बढ्नेका लागि शिक्षा हुन्थ्यो।’

उनले अल्पमतमा परेका ओलीले राजीनामा दिनुपर्नेमा उल्टै संसद भंग गरेर गल्ती गरेको बताएका छन् । ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो,’ उनले भने । यस्तै, उनले प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा आफूलाई थाहा नदिएको बताएका छन् । त्यस्तै, ओलीले समेत संविधानसभा विघटन गर्दा आफूलाई नसोधेको उनले गुनासो गरे । उनले भने, ‘त्यसैले मैल समर्थन गरिनँ। असंवैधानिक भनेँ। अहिले चुप लागेको छु किनभने यो मुद्दा अदालतमा छ ।’

दुवै पक्षले निर्णय लिदा आफूलाई महत्व नदिएको बताउँदै उनले भने ‘पुस ५ गते अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन, संसद विघटन गर्दा ओलीले पनि सोधेनन् ।’ त्यसैले अहिले म कुनै पनि पक्षमा छैन,’