सडक निर्माण गर्ने क्रममा ढुङ्गाले लागेर एकको निधन

0
Shares

न्युज अफ नेपाल, रसुवा ।

रसुवा जिल्ला गोसाईकुन्ड गाउँपालिका छ धुन्चेदेखि केही तल खोदल सडक खण्डको केवुमा स्काभेटरले सडक खन्ने क्रममा नालि बनाईरहेका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्युु हुनेमा नौकुन्ड गाउँ पालिका वडा नम्बर १ यार्साका ४५ वर्षिय धन वहादुर तामाङ रहेका छन् । मङगलवार बिहान ९स्३० बजेको समयमा करिव ५० मिटर माथिबाट ढुङगा पल्टिएर तामाङमाथि परेको थियो । स्काभेटर र चालकलाई नियन्त्रणमा लिईएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।