पेस्तोलका ५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पेस्तोलका ५० थान गोलीसहित एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । उनलाई आन्तरिक टर्मिनलमा ९ एमएमको पेस्तोलको गोलीसहित सोमबार बिमानस्थलमा पक्राउ गरिएको हो ।

पक्राउन पर्नेमा झापा मेचीनगर-२ का बद्रीहाङ राई रहेका प्रहरीले जनाएको छ । श्री एअरलाइन्सको जहाजबाट भद्रपुर जान लागेको अवस्थामा राईलाई चेकजाँकका क्रममा बिमानस्थल प्रहरीले पक्राउ गरेको हो । घटनाबारे विवरण आउन भने बाँकी छ ।