प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्ने अधिकार छैन : नेतृ झाक्री

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएकी छन् ।

प्रधानमन्त्री काम भन्दा पनि हावादारी गफमा नै रमाउने गरेको आरोप लगाउँदै उनले ओलीको असंबैधानिक कदमको जति निन्दा गरेपनि नपुग्ने बताएकी छन् ।

‘भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य हो। हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो,’ उनले लेखेकी छन् ,’ काम गर्न सकिन भनेर जाने संसदमा हो।संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन।यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।’