कोरोनाबाट अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय १७ को मृत्यु


एजेन्सी ।

कोरोना महामारीका चपेटामा परेको अमेरिकामा संक्रमितको संख्या २ करोड नाघेको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १ लाख २ हजार ५ सय ६७ पुगेको छ ।

यस्तै, अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय १७ संक्रमितको मृत्यु भइसकेको छ । डिसेम्बरमा हालसम्मकै सर्वाधिक मृत्यु भएको बताइएको छ। उक्त महिनामा ७७ हजार ५ सय जनाको मृत्यु भएको थियो । त्यस्तै, १ लाख २५ हजार ३ सय ७० संक्रमित उपचाररत छन् ।