प्रदेश १ मा ३७ संक्रमित थपिए, १४४ सङ्क्रमित डिस्चार्ज

0
Shares

विराटनगर ।

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ ।

सोही अवधिमा प्रदेशमा ३०९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरुष गरी ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुने सङ्क्रमितहरुमा झापामा १८, मोरङमा नौ, सुनसरीमा छ, धनकुटा र इलाममा एक÷एक र प्रदेश बाहिरका दुई जना रहेका छन् ।

प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म दुई लाख आठ हजार ९११ जनाको पिसीआर परीक्षण गरिसकिएको छ ।