महाशिलाका सबै वडामा अनलाईन घटना दर्ता

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वतको दुर्गम मानिने महाशिला गाउँपालिकाका सवै वडामा ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणालीबाट सुरु भएको छ ।गाउँपालिकाले ६ वटै वडा कार्यालयवाट सोमवारदेखि अनलाईन प्रणालीवाट घटना दर्ता गर्न शुरु गरेको हो । र्ता कार्यमा संलग्न जनशक्तिलाई आवश्यक तालिम र दर्ता कार्यको शुरुवातका लागि आवश्यक कप्युटर, प्रिन्टर, इन्टरनेट लगायतका सामाग्रीहरु उपलव्ध गराएपछि सेवा शुरु भएको पालिकाले जनाएको छ ।

घटना दर्ता अनलाईन प्रणालीबाट शुरु भएपछि पारदर्शिता र सुशासन हुनुका साथै अभिलेख व्यवस्थित हुने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले सुचना प्रविधिसँग जोड्दिै अझै प्रभाबकारी र ब्यबस्थित बनाउन लागि पर्ने बताउनुभयो ।

नागरिक लक्षित सेवाहरु डिजिटल बनाउने र अधिकतम सार्वजनिक सेवालाई अनलाईन प्रविधि मार्फत लैजाने उदेश्य स्वरुप सवै वडामा यो प्रविधि विस्तार गरिएको उहाँको भनाई रहेको छ । हरेक व्यक्तिको डाटा अनलाईनमा रहने भएकाले सबैलाई सहज हुने उहाँको बिश्वास रहेको छ ।

महाशिलाका वडा नं १ होश्राङदी र वडा नं. ४ पाखापानीमा शुरु भैसकेको छ भने बाँकी वडामा पनि विस्तारै शुरु गरिदै जाने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो । गाउँपालिकाले यस अघि घटना दर्तामा संलग्न हुने कर्मचारीहरुलाई तालिम समेत दिईसकेको ठकुरीले बताउनुभयो । यस अघि पर्वतको कुश्मा नगरपालिकाका विभिन्न वडामा अनलाईन प्रणालीवाट घटना दर्ता कार्य शुरु गरिएको थियो ।