देशभर थप ७०८ जनामा कोरोना संक्रमण, ७३१ डिस्चार्ज, ८ को मृत्यु


न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप ७३१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८४० पुगेको छ ।