ओली संघीयता र धर्म निरपेक्षता विरोधी : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समक्ष माफी मागेका छन् । भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले नै बनाएका प्रधानमन्त्रीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै माफी मागेका हन् । कम्युनिस्ट पार्टीको अध्यक्षले नै यसतो कदम चाल्छन् भन्ने नसोचेको जनाउँदै ओली संघीयता र धर्मनिपरपेक्षता विरोधी भएको प्रचण्डले बताए ।

‘उहाँको सिद्धान्त बयलगाडा होइन भन्ने मलाई थाहा थियो। उहाँ संघीयता र धर्म निरपेक्षताको विरोधी हो भन्ने मलाई थाहा थियो। आम नागरिकलाई पनि थाहा थियो। तर उहाँले आँधी हुरी आएकाले मैले मानिदिए भन्नुभयो मैले त्यसलाई विश्वास गरें। तर घटनाक्रमले पुष्टि गर्‍यो। उहाँ बयलगाडा नै हुनुहुन्छु, प्रचण्डले भने।