रसुवाको गतलाङमा रहेको प्राकृतिक भ्युटावर पर्यटकको पर्खाइमा

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ३ गतलाङमा रहेको प्राकृतिक भ्युटावर आन्तरिक तथा बाध्य पर्यटकको पर्खाइमा रहेको छ ।
तामाङ भाषामा ज्यर्सातेन्जे भनिन्छ करिब चार हजार मिटरको उचाइमा रहेका यस भ्युटावर बाट गणेश हिमाल गोसाइकुण्ड पाल्दोर पिक साञ्जेन भ्याली नागथली पाङसाङ भ्यु लगाएत विभिन्न स्थलहरु देख्न सकिन्छ ।धादिङको रुवी भ्याली नुवाकोटको ककनी काठमाण्डौ को रानी वन लगाएत सिन्धुपाल्चोकको आमायाङग्री हिमाल गोरखाको मनास्लु हिमाल समेतको अवलोकन गर्न सकिन्छ ।

प्रकृतिको वरदान स्वरुप रहेको भ्युटावर उचित प्रचार प्रसार नहुदा कमै मात्रामा मानिसहरु त्यहाँ पुग्दछन् ।प्रकृतिको पुजा गर्ने भएकाले यस भेगमा थुप्रै यस्ता ठाउँहरु रहेका छन् ।आन्तरिक तथा बाह्य पर्यटकहरु को भिड भाड र स्थानिय हरुको रोजगारि को अवसर विगत एक वर्षदेखि कोभिड १९ ले तहसनहस नै बनाएको छ ।विस्तारै यस्ता लुकेका ठाउँहरु को खोजि र वाह्य पर्यटकको आगमन नभएपनि आन्तरिक पर्यटकहरु लाई यहाँ आउन अनुरोध गरे पनि केहि हदसम्म राम्रो हुने देखिन्छ ।

यहि गत्लाङमा पार्वति कुण्ड समेत रहेको छ यहाँ पार्वति ले वास गरेको ठाउँ समेत हो अहिले पालिकाको पहलमा कुण्ड सफा गर्ने लगाएत कम्पाउनड गेट बनाउने कार्य भएको छ ।एक चोटि अध्ययन अवलोकन र प्रकृति सँग रमाउन यस ठाउँ पुग्नै पर्ने ठाउँ हो ।