थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ डिस्चार्ज, ७ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये २५२ जना महिला र ४०७ जना पुरुष रहेका छन् ।

यस्तै, देशभर थप ७१८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म २ लाख ५० हजार ५८१ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने ३६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ५७८ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, आज थप ७ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको मन्त्रालयले जनाएको छ।