थप ४८१ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ७३१ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४९ हजार ८६३ पुगेको छ । आज थप ६ जना संक्रमितको मृत्युसँगै मृतकको सङ्ख्या एक हजार ८२५ पुगेको मन्त्रालयले जनाएको छ ।