थप ६०८ जनामा कोरोना संक्रमण, ८९२ डिस्चार्ज, ९ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८९२ डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको सङ्ख्या दुई लाख ४८ हजार २९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या एक हजार ८१६ पुगेको छ ।