प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई धरापमा पार्ने काम गर्नुभयो : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई धरापमा पार्ने काम गरेको बताएको छन् ।

प्रतिनिधि सभा विघटनका विरुद्ध संसार एकमत भएको जनाउँदै प्रचण्डले भने प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रलाई धराप पार्ने काम गर्नुभयो । यो सामान्य कुरा होइन । प्रतिनिधि सभा विघटनका विरुद्ध संसार एकमत भएको छ,’ । उनले संसद विघटनका विरुद्धमा आन्दोलन सुरु भएको र यसको सुनुवाइ नभए अझ सशक्त आन्दोलन गर्न बाध्य हुने बताए ।

यस्तै, यसबारेमा काँग्रेस लगाएत अन्य दलसँग समेत सुझाव लिइरहेको र संयुक्त कार्यक्रम समेत ल्याउन प्रचण्डले बताएका छन् । ‘काँग्रेस जसपा र नागरिकहरुसँग लगातार संवादमा छौँ । संयुक्त कार्यक्रम ल्याउने तयारी पनि गर्दैछौँ,’ प्रचण्डले भने ।

‘ओलीको यो कदम लोकतन्त्रमाथिको हत्या भएको प्रचण्डले आरोप लगाएका छन् । सदनभित्रबाट समस्या समाधान हुँदासम्म सदन विघटन र अर्को निर्वाचनमा जाने कुरै हुँदैन’, उनले भने ।