प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, तेजबहादुर केसी र अनिलकुमार सिन्हाको इजलासमा मुद्दाको सुनुवाइ चलिरहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेसँगै ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी हुन् ।