देशभर थप ६ सय १३ जना कोरोना संक्रमित भेटिए, ७३९ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ सय १३ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।

यस्तै, आज थप ७३९ जना डिस्चार्ज भएका छन् । योसहित कोरोना मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ । त्यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ।