संसद विघटनको बिरोधमा जनता समाजवादीको विरोध जुलुस

0
Shares

रामधन राई, खोटाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा जनता समाजवादी पार्टी खोटाङले बिरोध जुलुस निकालेको छ । केन्द्रीय समितिको पुर्वघोषित कार्यक्रम अनुसार जनता समाजवादीले दिक्तेलबजारमा वुधवार प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नारावाजी गर्दै जुलुस निकालेको हो ।

पार्टी कार्यालयबाट सुरु भएको बिरोध जुलुस पुरानो बेसक्याम्प, संगमपार्क हुँदै रत्नपार्क पुगेर पुःन फर्किएर त्रिबेणीचोकमा टुंगिएको थियो । रत्नपार्कमा जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोहन गुरुङ र त्रिबेणीचोकमा भएको कोणसभालाई केन्द्रीय सदस्य सनबहादुर राईले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम अलोकतान्त्रिक, गणतन्त्र र संघीयतालाई असफल बनाउने मनसायका साथ ल्याइएको वक्ताहरुको भनाई छ । जनता समाजवादीले हलेसी तुवाचुङ नगरपालिकामा पनि विरोध जुलुस सहित कोणसभा गरेको जनाएको छ ।

संसद विघटनको विरोधमा आगामी पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा पुस ११ गते मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले बताउनुभयो ।