खोटाङमा घर निर्माणका क्रममा लडेर युवाको मृत्यु

0
Shares

रामधन राइ, खोटाङ ।

खोटाङमा घर निर्माणका क्रममा पर्खालवाट लडेर एक युवाको मृत्यु भएको छ । दिपु्रङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका स्थानीयको घर निर्माणका क्रममा लडेर गम्भीर वनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका २४ वर्षीय दिपेन्द्र राईको मृत्यु भएको हो ।

निर्माणाधिन घरको पर्खालबाट लडेर घाईते भएका राईलाई उपचारका लागि एम्वुलेन्सवाट काठ्माण्डौं लैजाने क्रममा सोमवार राती नेपालथोक पुगेपछि मृत्यु भएको आफन्त राजेन्द्र राईले बतानुभयो ।

मिस्त्रीको काम गर्दैआएका उनी पर्खाल लगाउन घरको तलामा चढेका बेला लडेका थिए । निम्न आर्थिक अवस्था भएका कारण मजदुरी काम गरी परिवार पाल्दैआएका मृतक राईको श्रीमती र एक वर्षका छोरा छन् ।