आगरामा कार र ट्यांकर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल ,काठमाडौं ।

उत्तर प्रदेशको आगरामा आज बिहान  कार र ट्यांकर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि डिजेल बोकेको ट्यांकरको ट्यांकी फुटेर आगलागी हुँदा कारमा सवार पाँच जनाको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक बच्चा, एक महिला र तीन युवक छन् । दुर्घटनाप्रति उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारहरुलाई हरसम्भव मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।