चालू खाता र शोधनान्तर स्थिति बचतमा


नेपाल समाचारपत्र, काठमाडौं ।

समीक्षा अवधिमा चालू खाता २० अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३४ अर्ब १२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।

त्यस्तै पुँजीगत ट्रान्सफर ९ दशमलव ३ प्रतिशतले कमी आई ४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३ दशमलव ९ प्रतिशतले कमी आई ३ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको छ ।