एनसेलको क्रिसमस तथा नयाँ वर्ष अफर

0
Shares

काठमाडौं, (नेस) । 

एनसेल आजियाटाले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यास ब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई ५० र १ सय रुपियाँको प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स पाइने सुनिश्चित गरेको छ । यो योजनाअन्तर्गत ५० रुपियाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाइने ४९ दशमलव शून्य २ रुपियाँभन्दा बढी अर्थात ५१ रुपियाँ मेन ब्यालेन्स प्राप्त गर्दछन् ।

त्यसैगरी सय रुपियाँको रिचार्जमा अब कम्तिमा विद्यमान ९८ दशमलव शून्य ४ रुपियाँ भन्दा बढी १०२ रुपियाँ मेन ब्यालेन्स पाउँछन् । यो योजना आइतबार (पुस ५) बाट लागू भएको छ र १५ दिनका लागि सञ्चालनमा रहने कम्पनीले जनाएको छ । योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमानभन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो । ५० रुपियाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम सय रुपियाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् । त्यसैगरी सय रुपियाँ रिचार्ज गर्नेले दुई सय रुपियाँसम्म मेन ब्यालेन्स पाउनेछन् ।

क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फन्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनै पनि माध्यमबाट गरिएको ५० र सय रुपियाँको प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गतेसम्म लागू हुनेछ ।