महासंघका विषयगत समितिका सभापतिले सम्हाले जिम्मेवारी

0
Shares

काठमाडौं, (नेस) । 

नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन हुनु भएको छ । महासंघ सचिवालयमा सोमबार आयोजित एक कार्यक्रमकाबीच समिति तथा फोरमका सभापतिलाई औपचारिक पत्र प्रदान गरिएकोे छ ।

उद्योग समिति भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डिबी वस्नेत, महिला उद्यमी विकास समिति रिता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाशसिंह कार्की, कर तथा राजस्व समिति सन्दिप कुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बीमा समितिमा साहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इनोेभेशनसमिति रन्जितराज आचार्य, स्थानीय विकास समिति सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समिति हेमराज ढकाल, निर्यात प्रवद्र्धन समिति मनिषलाल प्रधान, व्यापार मेला समिति नरेन्द्र खडका, ऊर्जा तथा वातावरण समिति गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम इन्जिनियर देश बन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरम राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पुँंजी बजार फोरम अम्बिका प्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुंँदै महासंघ अध्यक्ष शेखर गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाउनु भएका कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई शसक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा आ–आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्नुहुने अपेक्षा गर्नुभयो । साथै उहाँले आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन शुभ–कामना समेत दिनुभयो ।