चलखेलले मुलुक दुर्घटनामा पर्ने संभावना बढेकाले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले देशी बिदेशीको चलखेलले मुलुक दुर्घटनामा पर्ने संभावना बढेकाले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको बताउनु भएको छ । संचारकर्मीसँग कुरा गर्दै उहाँले क्षणिक रुपमा प्रधानमन्त्रीको यो कदम अलोकप्रिय जस्तो देखिए पनि मुलुकको हितमै रहेको दाबी गर्नुभयो ।

आफ्नै पार्टीका नेताहरुले देशी विदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्रको सुईँको पाएपछि प्रधानमन्त्रीले पार्टीलाई मिलाउन यस्तो कदम चाल्नुभएको उहाँको भनाई थियो ।

नेता बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई हटाउने लगायतका षड्यन्त्र भएकाले संसद विघटन गर्नु परेको बताउनुभयो । पार्टीभित्रैबाट षडयन्त्र भएर राष्ट्रियतामा गंभीर संकट आएपछि मुलुकलाई एकताबद्ध बनाउन र बिदेशी चलखेल हुन नदिन संसद बिघटन आवश्यक रहेको बताउँदै नयाँ जनादेश लिनु आवश्यक रहेको नेता बस्नेतले दाबी गर्नुभयो ।