मेगा बैंकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’


काठमाडौं, (पुस) ।

मेगा बैंक नेपालले ‘मेगा अभिभावक बचत खाता’ नामक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो । न्यूनतम ५ सय रुपियाँ बचत हुनुपर्ने यस खातामा ४ दशमलव ५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपियाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निःशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानीसम्बन्धी विभिन्न आकर्षक विशेष सुविधा पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था पनि मिलाइएको छ । मेगा बैंकले २ सय ६ वटा शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने जनाएको छ ।