ग्लोबल आइएमई बैंकले बर्दियामा सेवा थप


काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यसशाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३९ पुगेको छ । बर्दिया जिल्ला गुलरिया नगरपालिका– २, खैरापुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गर्नुभयो । उक्तशाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमासा बित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको ब्याज भुक्तानी गर्नेलगायतका सेवा लिन सक्नेछन् । ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा २६४ शाखा सञ्जालसहित २३९ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २३९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएकोछ ।