गुल्मीको दुबिचौरमा अटो दुर्घटना हुँदा चालक रानाको मृत्यु ४ जना घाइते

0
Shares

यमलाल भुसाल, बुटवल ।

गुल्मीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको भने ४ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौँडाकोटबाट तम्घासतर्फ जाँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।