गण्डकी प्रदेशमा दुईको मृत्यु, पाँच घाइते

0
Shares

गण्डकी । गण्डकी प्रदेशमा आज कास्की र म्याग्दी जिल्लामा गरी दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ओखलढुङ्गा घर भई पोखरा महानगरपालिका– १६ लामाचौर बस्ने ४५ वर्षीय सार्कीमान मगरको बाथरुममा लडेका कारण मृत्यु भएको हो ।

बाथरुममा अचानक लड्न गई घाइते भएका उहाँको उपचारका क्रममा फिस्टेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । म्याग्दी जिल्लास्थित धौलागिरि गाउँपालिका वडा नं ३ मुनास्थित दरखोलाका ४२ वर्षीय केशबहादुर बुढा पानीमा मृतावस्थामा भेटिएका हुन् । यसैबीच कास्की र गोरखामामा भएको छुट्टाछुट्टै कुटपिट घटनामा तीन जना घाइते भएका छन् ।