नेप्सेमा सामान्य करेक्सन


काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार दोस्रो दिन पनि घटेको छ । बुधबार नेप्से परिसूचक ६ दशमलव २० अंकलेघटेर २०५५ दशमलव २२ बिन्दुमा झरेको छ । कुल १९९ कम्पनीको १ करोड ५ लाखभन्दा धेरै कित्ता शेयर ५ अर्ब १४ करोड ४६ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबार भएका १२ समूहमध्ये आज पाँच समूहको सूचक घट्दा सात समूहको सूचक भने बढेको छ । बैंकिङ समूह शून्य दशमलव ९५, व्यापार समूह २४ दशमलव १६, होटल समूह ७ दशमलव २७, विकास बैंक समूह ९ दशमलव ६, उत्पादन समूह २० दशमलव ७२, लघुवित्त समूह ७६ दशमलव ५७ र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य १ अंकले वृद्धि भएको छ ।
यस्तै जलविद्युत् समूह २४ दशमलव ३६, वित्त समूह २ दशमलव १, निर्जीवन बीमा समूह १३८ दशमलव ४२, अन्य समूह २६ दशमलव शून्य २ र जीवन बीमा समूह १६० दशमलव ८५ अंकले घटेको छ ।

कारोबारका आधारमा यस दिन एनसीसी बैंक अगाडि रहेको छ । सो बैंकको ३९ करोड ४३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ९१ लाख, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ३९ लाख, नबिल बैंकको १८ करोड ४८ लाख, शिखर इन्स्योरेन्स कम्पनीको १४ करोड ७६ लाख, हिमालयन डिस्टिलरीको १३ करोड नौ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड ९७ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भई अग्रस्थानमा रहेका छन् ।

बुधबारमा छ्याङदी हाइड्रोपावर १०, माहुली सामुदायिक लघुवित्त १०, समिट लघुवित्त ९दशमलव ९९, नारायणी डेभलपमेन्ट बैंक ९दशमलव ९८, आरएमडीसी ९दशमलव ९५, माउन्टेन इनर्जी ९ दशमलव ८८, सूर्योदय लघुवित्त ९दशमलव ८८, एनसीसी बैंक ८ दशमलव ३३ र साधना लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ८७ प्रतिशतले शेयर मूल्य बढेको छ । तर, एनएमबी–५०, शिखर इन्स्योरेन्स, गुडबिल फाइनान्स, रिडी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।