जबर्जस्ती गर्भपतन गराएको आरोपमा प्रहरी निरीक्षक प्रकाउ

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पत्नीको इच्छा विपरित गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रहँदा सोही स्थानकी युवती सँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतको एक स्वास्थ्य क्लीनिकमा ‘इच्छा विपरित’ गर्भपतन गराएको आरोपमा प्रहरीले पक्रेको हो ।

पिडित स्मृति शर्माले प्रेम सम्बन्ध रहेकै समयमा विवाह गर्ने प्रलोभन देखाएर शारिरीक सम्पर्कमा रहेपछि गर्भ रहेको र विवाह पछि जबर्जस्ती गर्भपतन गराएको आरोप सहित उजुरी गरेपछि प्रहरी निरीक्षक शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले मंसिर २३ गते कार्यरत स्थलबाट नै गिरफ्तार गरेको जनाएको छ । पिडीत युवतीले जर्बजस्ती भ्रुर्णहत्या गरेको आरोपमा मंसिर १५ गते उजुरी दिएकी थिइन् ।

पर्वतमा घटनास्थल भएकाले अनुसन्धानका लागि प्रहरी निरीक्षक शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । पिडितको स्वास्थ्य परिक्षण मंसिर २४ गते पर्वत जिल्ला अस्पतालमा गरिएको छ ।

पिडित युवती र इन्सपेक्टर धु्रुब शर्मा बीच प्रेम सम्बन्ध रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो । युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवती सँग विवाह गर्ने तयारी गरेका थिए । पिडित युवतीले अर्कै युवती सँग विवाह गर्न लागेको थाहा पाएपछि अधिकारकर्मीहरु सँगको सहयोगमा प्रहरी निरिक्षक सँग आफ्नो विवाह गरेकी थिइन् ।