गाउँपालिकाको आयोजना गुणस्तरीय वनाउन डकर्मी तालिम

0
Shares

रामधन राई, खोटाङ ।

गाउँपालिकामा निर्माण हुने भौतिक संरचनालाई गुणस्तरीय वनाउने लक्ष्यका साथ खोटाङको खोटेहाङ गाउँपालिकाले स्थानीयलाई डकर्मी तालिम दिएको छ । सडक, पुल, भवन लगायतका संरचना निर्माणका क्रममा लगाइने पर्खालमा गुणस्तर कायम गर्नका लागि डकर्मीको काम गर्दै आएका स्थानीयलाई गाउँपालिकाले तीन दिने तालिम दिएको हो ।

आयोजनाको कामलाई निर्धारित समयमा गुणस्तरमा सम्पन्न गर्नका लागि उपभोक्ता समितिलाई सहभागी गराएर अभिमुखीकरण सञ्चालन गरेको जनाईएको छ । विकास निर्माणका काम गर्ने क्रममा धेरैजसो ठाउँमा ढुंगाको पर्खाल लगाउने दक्ष जनशक्तीको अभाव देखिएपछि स्थानीयलाई डकर्मी उक्त तालिम दिइएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।

स्थानीयलाई ढुंगाको पर्खाल लगाउने, ग्याविन भर्ने, सडक सोलिङ गर्ने, सुर कस्ने लगायतका सिप सिकाउनका लागि गाउँपालिकाले आइतबारदेखि मंगलबारसम्म तालिमको आयोजना गरेको थियो । योजना अनुगमनका क्रममा फिल्डमा पुग्दा अधिकांस ठाउँमा गुणस्तरी निर्माण नभएको पाइएकाले डकर्मी तालिम सञ्चालन गरिएको गाउँपालिकाका पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका ईन्जिनियर राजु भट्टराईले सुनाउनुभयो ।

तालिम प्राप्त डकर्मीले आगामी दिनमा गाउँमा सञ्चालन हुने योजनाको काममा गुणस्तर कायम गर्न र गराउनका लागि पहरेदारको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।