देशभर थपिए ८२१ जना कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सोमबार थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५४२३ जनामा पिसीआर परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट १७१६ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।