टोक्योमा सिंगल सौना लोकप्रिय


टोक्यो, (एजेन्सी) ।

विश्वभरि महामारीको रूपमा देखापरेको कोरोना भाइरसका कारण सबैतिरका अर्थतन्त्र र व्यापार व्यवसाय प्रभावित भए पनि जापानको राजधानी टोक्योमा हालै खोलिएको सौनाको व्यापार भने मज्जाले चलिरहेको छ । तर, संक्रमण मुक्तिका लागि त्यहाँ प्रत्येक व्यक्तिका लागि एकल सेवा उपलब्ध गराइएको छ ।

फिनिस शैलीमा निर्मित सोलो सौना ट्युनको सौना कक्षहरूमा ग्राहकहरूलाई एक्लै बसेर तातो ढुंगेधाराबाट आएको पानीको आनन्द लिने व्यवस्था गरिएको छ । यसका संस्थापक दाइसुके कावासेका अनुसार एकल सौनाको शुरुवात गर्ने योजना कारोना भाइरसको समस्या आउनुभन्दा पहिलेकै भए पनि पछि सामाजिक दँरी कायम राख्नुपर्ने अवस्थामा यो तरिका अझै बढी लाभदायक साबित भएको हो ।

गत सातादेखि सेवा आरम्भ गरेको यो सौनालाई जापानमा एकल जीवन व्यतित गर्नेहरूको संख्या बढ्दै गएको फाइदा पनि पुग्ने भएको देखिन्छ । सन् २०१८ मा संकलन गरिएको तथ्यांकअनुसार आगामी सन् २०४० सम्ममा जापानमा एकल जीवन बिताउनेहरूको संख्यामा ४० प्रतिशतले वृद्धि हुनेछ । यो तथ्यांक सन् २००५ मा ३० प्रतिशत रहेको थियो ।