होटलमा मृत फेला परिन् तामिल अभिनेत्री

0
Shares

चर्चित तामिल अभिनेत्री भिजे चित्रा भारतको चेन्नाईस्थित एक होटलमा मृत अवस्थामा फेला परेकी छिन्।

शुरुआती छानबिनमा प्रहरीले आत्महत्याको आशंका गरे पनि थप छानबिन अगाडि बढिरहेको पल पल इन्डियाले जनाएको छ। अबेर रातिसम्म सुटिङ गरेर होटलको कोठामा सुत्न गएकी २८ वर्षीया अभिनेत्रीको मृत्युको खबर होटलका कर्मचारीले पाएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

टिभी सिरियल पान्डियन स्टोर्सबाट लोकप्रियता हासिल गरेकी बिजेलाई धेरैले असली नामभन्दा उक्त सिरियलको पात्रको नामबाट बढी चिन्दछन्। जुन धारावाहिक टेलिभिनमा केही समयदेखि प्रसारण भइरहेको छ। गत अगस्टमा व्यापारी हेमन्त रविका साथ इगेजमेन्ट गरेकी अभिनेत्रीको निधनले परिवार तथा फिल्मजगत् शोकमा डुबेको छ।