मनीता मिसेस र अस्मिता मिस टुरिजम

0
Shares

पर्यटनका लागि सँगसँगैै भन्ने मूल नाराका साथ राजधानीमा विवाहित र अविवाहित महिलाबीच मिसेस नेपाल टुरिजम–२०२० र मिस टिन टुरिजम–२०२० सम्पन्न भएको छ। प्रतियोगितामा बाफलकी मनीता रिसाल बुढाथोकी मिसेस नेपाल टुरिजम–२०२० भएकी छिन्।

नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा सम्पन्न प्रतियोगितामा उनले मिसेस नेपाल टुरिजमका साथै मिसेस क्याटवक र मिसेस ट्यालेण्ट उपउपाधिलाई पनि आप्mनो बनाइन्। त्यसै गरी, मिस टिन टुरिजम–२०२० को उपाधि अस्मिता कालाखेतीले चुम्न सफल भएकी छिन्। उनले उपाधिसँगै मिस ट्यालेन्ट तथा मस्ट फोटोजेनिक उपउपाधिलाई पनि आफ्नो बनाएकी छिन्।

स्टार वान इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित मिसेस नेपाल टुरिजम–२०२० प्रतियोगितामा चन्दा दाहाल अधिकारी फस्ट रनर्सअप र बेस्ट स्किन, बन्दनाराज भण्डारी सेकेन्ड रनर्सअप र बेस्ट स्माइल, अमृता गिरी थर्ड रनर्सअप र मस्ट फ्रेन्ड्ली तथा आरती माया लामा पब्लिक च्वाइस र बेस्ट हेयर विजेता भए। त्यसै गरी, आरती सिंह बेस्ट पर्सानिलिटी, निशा खरेल युट्युब बेस्ट भ्युज र फेसबुक च्वाइस, रोशनी बडे मस्ट डिसिप्लिन भए।

त्यसै, मिस टिन टुरिजम–२०२० मा पासाङ भोटे फस्ट रनर्सअप, युट्युब बेस्ट भ्युज र मिस क्याटवाक तथा रोजिना तिवारी सेकेन्ड रनर्सअप र फेसबुक च्वाइस चुनिएका छन्। अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न प्रतियोगितामा अभिनेता कृष्ण मल्ल, सञ्चारकर्मी सूर्य चन्द, मिसेस नेपाल इन्टरनेसनल–२०१८ चन्दा थापा गिरी, फिल्म निर्देशक समुद्र भट्ट र संगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए। प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको हो।