काठमाडौं उपत्यकामा थपिए ५४१ संक्रमित, ५ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ५४१ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ४०२, ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई संक्रमण देखिएको हो । जसमध्ये २३६ महिला र ३०५ पुरुष रहेका छन् ।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख १४ हजार ९५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै, आज काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौंमा ९२ हजार ३०७, ललितपुरमा १४ हजार २४८ र भक्तपुरमा ८ हजार ३९५ जना संक्रमित भेटिएका छन् । यस्तै, काठमाडौँमा ४३५, ललितपुरमा १३१ र भक्तपुरमा ९७ जना संक्रमितको मृत्यु भइसकेको छ ।