प्रधानमन्त्रीबाट लामाले राजनीतिक–सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण

0
Shares

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा ९चौम० बाट कम्युनिष्ट पार्टीको सदस्य भई कमानसिंहले राजनीतिक र सांस्कृतिक परिवर्तनमा दिनुभएको योगदानको स्मरण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रतिनिधिसभा सदस्यका रुपमा उहाँले जनपक्षीय भूमिका खेल्नुभएको र केही समयअघि दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर गर्नुभएको कामको स्मरण पनि गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।