नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्दीय सदस्य कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गर्दै नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन् । लामाको निधनमा आज एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति भएको बताएका छन् ।

‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ’ अध्यक्ष दाहालले भने । लामाको जन्म विसं २००८ फागुन ९ गते काभ्रेमा भएको सिथयो । उनी विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए। दक्षिण कोरियाका पूर्व राजदूतसमेत रहेका लामा २०४८ सालमा सांसद निर्वाचित भएका थिए । उनी २०६३ सालको अन्तरिम विधायकको रुपमा समेत थिए ।

उनलाई कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा लाग्ने नेताको रुपमा लिईन्छ। कोरोना संक्रमित लामाको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनका एक छोरा र चार छोरी छन्।