साथी हत्याको अभियोगमा दुईजना पक्राउ

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।

पर्सामा जन्ती जान भनि साथै गएका युवकको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले युवकको हत्या गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका १ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेललाई पक्राउ गरेको हो ।

जन्ती जान भनेर घरबाट पटेलद्वय संगै गएका तीनडोबिया टोलकै २६ वर्षीय एमामुल हुसेनको शव मङ्सिर १७ गते नदी किनारमा भेटिएको थियो। हुसेनको शव धोबिनी गाउँपालिका–२ भिखापुर स्थित नदीको किनारमा फेला परेको थियो ।

हत्या हुनु भन्दा घरबाट तीन दिन अघि गएका हुसेनको आँखा निकालिएको अवस्थामा शव फेला परेको थियो। पक्राउ परेका दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालत बाट हिजो म्याद थप गराइ अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । हत्या किन गरिएको भन्ने बारे अहिलेसम्म खुल्न बाकी रहेको थापाले बताउनुभयो ।