देशभर थप एक हजार १४ जनामा कोरोना संक्रमण, २० संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप २० जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६२८ जना कोरोना मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख २७ हजार ४३३ पुगेको छ ।

हाल संक्रिय संक्रमितको संख्या १२ हजार ९४८ पुगेको मन्त्रालयले जनाएको छ ।