सल्यानमा बोक्सी आरोप लगाउने तीन जनालाई कैद सजाय

0
Shares

न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा बोक्सीको आरोप लागाउने तीन जनालाई कैद सजाय फैसला भएको छ । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगर निवासी ६० वर्षीया महिलाला इबोक्सी आरोप लगाएको आरोपमा तीन जनालाइ कैद सजायको फैसला भएको हो । जिल्ला न्यायाधिष कुल प्रसाद पाण्डेको फैसला बमोजिम मंसिर २१ गते तीन जना महिलालाइ कैद सजाय र जरिवाना भएको छ ।

भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले श्रनगर बाट २१ वर्षीया सरिता खड्का,२४ वर्षीया गिता खड्का र २३ वर्षीया जयन्ती रोकालाइ असोज १२ गते क्रिाउ गरेको जिल्लाप्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयो ।

जयन्ती र गिता छिमेकी रहेको र बिरामी परेको बेला स्थानीय सरितालाइ हात हेराउन जाँदा तिमीहरुलाइ पार्वती थापा बोक्सी लागेकी छ, त्यसैले तिमीहरु बिरामी हुन्छौ, त्यहाँ गएर एकसरो लुगा छोड अनी सन्चो हुन्छ भनेपछि दुबैजनाले त्यसै गरेको अदालत सामु उनिहरुले स्वीकार गरेकाहुन् ।

पीडित महिलाले त्यो कुरा थाहा पाएपछि प्रहरीमाजाहेरी दिएकी हुन् । जिल्ला अदालत सल्यानले मंसिर २१ गते जयन्ती खडकालाइ ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनायो भने अन्य दुइ जना सरिता खड्का र गिता खड्कालाइ जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवानको फैशला सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।साथै पीडित महिलालाइ तिनै जनाले जनही १०र१० हजार क्षतिपुर्ती समेत दिएका छन् ।

हाल तिनै जनाले कैद वापतको रकम बुझाएर घरमै बसी रहेका छन् ।आरोपित जयन्ती रोकाले ६ महिनाको कैद बरारब ५४ हजार र सरिता र गिता खड्काले जनही २७, २७हजार कैद बापतको रकम बुझाएर घर फर्कीएको अदालतले जनाएको छ ।