पर्सामा कोरोनाबाट थप एकको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

बाराकी एकजना कोरोना संक्रमित महिलाको वीरगञ्जमा मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ औराह बस्ने ७१ वर्षीया धनकुमारी सुनुवारको मृत्यु भएको हो ।

यही मंसिर १४ गते दमको समस्या आएपछि उनलाई वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । बयोधामै स्वाब संकलन गरी मंसिर १६ गते पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई नेसनल मेडिकलले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा राखिएको थियो । सोमबार बिहान पौने ६ बजे उपचारकै क्रममा मृत्यु भएको आइसोलेसनका डाक्टर ओमप्रकाशले जानकारी दिनुभयो ।

हिँडडुल गर्न नसक्ने समस्यासँगै किड्नी र हाइपरटेन्सन पनि रहेको भन्दै उहाँले आइसोलेसनमा आउँदा कोभिड निमोनिया पनि रहेको बताउनुभयो । आईसीयूमा राखेर उपचार गराएपनि सफल नभएको उहाँले बताउनुभयो । बाबा आइसोलेसनमा ५ जना गम्भीर अवस्थाका संक्रमित छन् । जसमध्ये २ जनालाई भेन्टिलेटरमै राखिएको डाक्टर ओमप्रकाशले जानकारी दिनुभयो ।