आज नेकपा सचिवालय बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

यसअघि गत मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक स्थगित भएको थियो ।पछिल्लो समय पार्टी भित्रको विवाद बढ्दै गएपछि नेकपाका नेतालगाएत राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहमति जुटाउने प्रयासमा लागीपरेको देखिन्छ ।

सहमति भने जुट्न सकेको छैन । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग डकुमेन्टमाथि छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।