हुम्लामा जिप दुर्घटना हुँदा ४ को मृत्यु, एक बच्चासहित ७ घाइते

0
Shares

न्युज अफ नेपाल, हुम्ला ।

हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफयाको जबुका नजिकै बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लु २ च २१०२ नम्बरको जिप शुक्रबार राती दुर्घटना हुँदा एक बच्चासहित ७ जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्य हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार,सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ ,उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ रहेका छन् । यस्तै, घाइते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं। १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

बलेरो जिप सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धार गरेका थिए ।