पूर्व फ्रान्सेली राष्ट्रपतिको निधनमा राष्ट्रपतिद्वारा समवेदना

0
Shares

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकामा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाउनुभएको शोकसन्देशमा पूर्वराष्ट्रपतिका शोकाकूल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा समवेदना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।