आज देशभर थप १२ सय ७२ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा गप १५ सय ७५ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप १६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ सय ६७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ ।