सशस्त्रका सहायक हवल्दार ३५ हजार घुस रकमसहित रंगेहात पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ ।

सहायक हवल्दार गुरुङले घरायसी सामान ओसारपसारमा सहजिकरण गरिदिए बापत सेवाग्राहीसँग ३५ हजार रुपैयां घुसलिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अख्तियारको खटिएको टोलीले आरोपितलाई सेवाग्राहीबाट घूस रकम सहित शुक्रवार पौने १ वजे पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सूचना अधिकारी शुरेस भुसालले बताउनु भयो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका वडा नं.२ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।