रुपन्देहीमा एकैदिन ३ पुरुषको शव भेटियो

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा एकै दिन छुटाछुट्टै ठाउँमा तीन जना पुरुषको मृत अवस्थाका शव फेला परेका छन् ।

रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी ३ जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुटवल उपमहानगर पालिका वार्डनम्बर १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना नगरपालिका १ बनकट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

थापाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । यता, मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा सव फेला परेको छ । त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक व्यक्ति मृत फेला परेका छन् । तीनवटै घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।