रेड पाण्डाको छालासहित ३ पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

रेड पाण्डाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्ग घर भएका ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीया केशर बहादुर मगर रहेका छन् ।

अवैध रुपमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीहरुलाइृ पक्राय गरेको हो । उनीहरुलाई काठमाडौं गोकर्णेश्वर नारायणटारस्थित जुम क्याफे एण्ड ब्यांकेटबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । थप अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय काठमाडौं पठाइएको छ ।