३ दिनमै कोरोना बीमाको भुक्तानी दिनू : अर्थ मन्त्रालय


न्युज अफ नेपाल,काठमाडौं ।

अर्थ मन्त्रालयले कोरोना बीमाको रकम ३ दिनमै भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको छ । यसअघि ७ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएपनि अब भने ३ दिनभित्रै रकम भुक्तानीका लागि ताकेता गरेको छ ।

‘कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरि दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउनु’, मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘भेरिफिकेशन गर्न बाँकी दाबीको फेरिफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी व्यवस्था मिलाउनू।’

कोरोना बीमाको बिवरण समेत पठाउन निर्देशन दिँदै मन्त्रालयले पेन्डिङमा रहेका सबै दाबीको जानकारी खोजेको छ ।